२ कार्तिक २०८१, शुक्रबार

स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृतु

प्रकाशित मिति :  7 July, 2024 9:20 pm


काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ ।

शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोले बगाएर बेपत्ता भएकी स्थानीय ७३ वर्षीया ख्यामकुमारी मल्लको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसोदेखि उद्धार तथा खोजी जारी राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !