२० आश्विन २०८१, आइतबार

संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा वहस गर्नुपर्छः सांसद झा

प्रकाशित मिति :  8 July, 2024 7:55 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा वहस गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरुका बारेमा सार्वजनिक रुपमा वहश गर्नुपर्ने बताएका हुन्।

उनले दुई पार्टीका दुईजना वृद्ध नेताले व्यापारिको घरमा बसेर गरेको सहमती देशले स्वीर्कानुपर्छ भन्ने नरहेको तर्क गर्दै संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षिय वहश हुनुपर्ने बताए।

झाले भने, “संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरुले सार्वजनिक गर्नुप¥यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रुपमा वहश पनि गर्नुप¥यो ।”

सांसद झाले जनतालाई ‘डेलिभरी’ दिन सकेमा काँग्रेस–एमाले समिकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरु दुःखि नभएको बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !