२० आश्विन २०८१, आइतबार

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन

प्रकाशित मिति :  8 July, 2024 8:01 am


काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन्।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए। पुनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए।

अर्थमन्त्री पुनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताए।

उनले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने तर्क गर्दै सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाए।

उनले भने, “एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो ।”

पुनले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !