४ कार्तिक २०८१, आइतबार

कोरोना संक्रमित बढ्नेक्रम जारी, थप २ जना भेटिए, आजै १३ जनामा संक्रमणको पुष्टि

प्रकाशित मिति :  16 May, 2020 9:20 pm


काठमाण्डौं, ३ जेठ ।

आजै थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् । दिउँसोसम्म ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आज बेलुकी मन्त्रालयले विज्ञप्ति जारी गरेर धनुषामा थप २ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । संक्रमित २० र ६५ बर्षीय पुरुष भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो संगै अहिलेसम्म २ सय ८१ जना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !