२३ भाद्र २०८१, आइतबार

इण्डोनेसियामा पहिरोः २३ जनाको मृत्यु, ३५ बेपत्ता

प्रकाशित मिति :  10 July, 2024 10:21 am


काठमाडौँ । इण्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ । साथै ३५ जना बेपत्ता भएका गोरोन्तालो प्रान्तको बोन बोलाङ्गो रिजेन्सीमा पहिरो र अचानक बाढीका पीडितहरूको खोजी गर्न भारी मेसिनरी र हेलिकप्टर तैनाथ गरिएको छ ।

प्रान्तीय खोज तथा उद्धार कार्यालयको परिचालन इकाईका प्रमुख बागस आश्रमाले २३ जनाको शव फेला परेको र ३५ जना अझै बेपत्ता भएको जानकारी दिए । अभियानमा संलग्न उद्धारकर्ताको संख्या अघिल्लो दिन २८३ रहेकोमा मंगलवार बढेर ४७३ पुगेको छ ।

संयुक्त उद्धार टोलीमा स्थानीय खोज तथा उद्धार कार्यालयका कर्मचारीहरू, सैनिकहरू, प्रहरी अधिकारीहरू, स्थानीय विपद् व्यवस्थापन निकायहरू र अन्य संस्थाहरू समावेश छन् । रिजेन्सीमा प्रकोप व्यवस्थापन र न्युनीकरण एजेन्सीको परिचालन इकाईका प्रमुख अक्रिल बेब्योन्गोले ७१ जनाको उद्धार गरिएको बताए ।

यस क्षेत्रमा परम्परागत सुन खानी सञ्चालनमा ५ हजारभन्दा बढी कामदारले काम गर्दै आएका थिए । भारी वर्षाका कारण आएको पहिरो र अचानक बाढीले शनिवार मध्यरातमा बोन बोलाङ्गो रिजेन्सीका खानी क्षेत्रहरूमा क्षति पु¥याएको थियो ।



प्रतिक्रिया दिनुहोस !