२ कार्तिक २०८१, शुक्रबार

तरकारीको मूल्य आकाशियो, गोलभेडा प्रतिकिलो ११५ रुपैयाँ

प्रकाशित मिति :  11 July, 2024 9:48 am


काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले सार्वजनिक गरेको मूल्यसुची अनुसार तरकारीको मूल्य आकाशिएको छ ।

कालिमाटीले जारी गरेको मूल्य सूची अनुसार आज डल्ले च्याँउ प्रतिकिलो ४२६ रुपैयाँ, नेपाली गोलभेँडा ११५ रुपैयाँ, कन्य च्याउ २७६रुपैयाँ, घिउ सिमी २१० रुपैयाँ , बोडी १४५ रुपैयाँ, कुरिलो २७६ रुपैयाँ रहेको छ ।

त्यस्तै आलु रातो ६६ रुपैयाँ, प्याज सुकेको ९२ रुपैयाँ, गाजर ९५ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, काउली ९५ रुपैयाँ, मूला ५५ रुपैयाँ, मूला सेतो ३५ रुपैयाँ, भन्टा ७५ रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तिते करेला ११० रुपैयाँ, लौका ९५ रुपैयाँ, परवर ८५ रुपैयाँ रहेको छ ।

कालीमाटीले जारी गरेको मूल्यसूची अनुसार आज च्याँउ, गोलभेँडा, बोडी, सिमि, कुरिलो लगायतका तरकारीको मूल्य वुधबारको तुलनामा बढेको हो ।

फलफुलतर्फ फुजी स्याउ ३१० रुपैयाँ, आँप ८५ रुपैयाँ, केरा १४० रुपैयाँ, अनार ३७६ रुपैयाँ, भुँइकटहर प्रतिगोटा १७०रुपैयाँ, जुनार २३० रुपैयाँ रहेको छ ।





प्रतिक्रिया दिनुहोस !