२३ भाद्र २०८१, आइतबार

इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

प्रकाशित मिति :  11 July, 2024 9:59 am


एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र भ्रमणमा रहनुभएका जोर्डनका समकक्षी अयमान सफादीले बुधवार कायरोमा भेट गरेका छन् । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

दुई मन्त्रीहरूले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे । गाजामा तत्काल युद्धविराम र एन्क्लेभमा मानवीय सहायता आपूर्तिको पर्याप्त प्रवेश दिनुपर्ने बताए ।

उनीहरूले इजिप्ट र गाजा बीचको राफाह सीमा नाकाबाट सहायता प्रवाह रोक्नको लागि इजरायललाई जिम्मेवार ठह¥याएका छन् । इजरायलले हालै क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको थियो । इजिप्टका विदेशमन्त्रीका अनुसार प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्न खोज्ने इजरायलको व्यवस्थित नीतिहरूलाई दुई मन्त्रीहरूले पूर्ण रूपमा अस्वीकार गरे ।

इजिप्ट, संयुक्त राज्य अमेरिका, कतार र इजरायलका प्रतिनिधिमण्डलहरू बुधवार कतारको राजधानी दोहामा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्नका लागि भेला हुँदा इजिप्ट–जोर्डन वार्ता भएको हो । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !