६ पुस २०८१, शनिबार

लेदोसहितको पहिरोले दुई यात्रुबाहक बस त्रिशूलीमा वेपत्ता

प्रकाशित मिति :  12 July, 2024 7:40 am


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । बसमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको छ ।

बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

यादवका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।

प्रारम्भिक जानकारी अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’ उहाँले यकिन विवरण भने आई नसकेको बताए ।

प्रधानमन्त्री पुष्प कमल दाहालदे बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !