२० कार्तिक २०८१, मंगलबार

नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालकको मृत्यु

प्रकाशित मिति :  12 July, 2024 7:54 am


चितवन । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६५६६ नम्बरका बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

शुक्रबार बिहान पहिरोसँगै खसेको ढुंगा लागेर गम्भिर घाइते भएका बस चालक विकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ः५० बजे मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !