बेपत्ता यात्रुहरूको खोजीमा तिब्रता दिन मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन
प्रकाशित मिति : 12 July, 2024 8:05 am
काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्प कमल दाहालले दुख व्यक्त गरेका छन्।
बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन्।
मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हाअपिल गरेका छन्।