२ कार्तिक २०८१, शुक्रबार

आज ११ बजे संसद वैठक, प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रकाशित मिति :  12 July, 2024 8:29 am


काठमाडौँ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको वैठक आज शुक्रवार बिहान ११ बजे बस्ने भएको छ ।

आजको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।

अल्पमतमा रहेको र विश्वासको मत नपाउने सुनिश्चित प्रायः भए पनि प्रधानमन्त्रीले सम्बोधनसहित विश्वासको मत लिने भएका हुन्।

डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेस र एमालेले नयाँ सत्ता समीकरणका लागि अभ्यास सुरु गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !