२३ भाद्र २०८१, आइतबार

नामियाद्वारा उद्यमीलाई आत्महत्या गर्न बाध्य पार्ने गुराँस गाउँपालिकाको भ्रत्सर्ना, यथासिघ्र भुक्तानी गर्न आव्हान

प्रकाशित मिति :  12 July, 2024 8:53 am


काठमाडौँ। नेपाल कृषि मेशिनरी व्यवसायी संघले दैलेखको गुराँस गाउँपालिकाका कारण कृषि उद्यमीले आत्महत्या प्रयास गरेको भन्दै विरोध गरेको छ ।

गत असार २० गते संघका सदस्य समेत रहेका कृषि उद्यमी देवेन्द्र प्रसाद अधिकारीले पालिका परिसरमा विष सेवन गरेर आत्महत्या प्रयास गरेका थिए। उनलाई तत्काल अस्पताल लगेर बचाइएको थियो।

अधिकारीको नेपाल कृषि विकास फार्म प्रा.लि. कोहलपुर, बाँके र गुराँस गाउँपालिका, दैलेख विच मिति २०७५ चैत्र २६ गते सरकारी निजी साझेदारी नीति अनुसार ५१÷४९ प्रतिशत साझेदारीमा आलु तथा फलफुलको विउ, विरुवा उत्पादन, ल्याब तथा हाईटेक नर्सरी स्थापनाको लागि सम्झौता भई सोहि वमोजिम कृषि फार्म संचालनमा रहेको जनाइएको छ ।

सम्झौता अनुसार फार्मले लगानी गरेको तर २०७९ माघ २७ गते उक्त व्यवसाय गुराँस गाउँपालिका, दैलेखले एकलौटी संचालन गर्ने र नेपाल कृषि विकास फार्म प्रा.लि. को लगानी फिर्ता गर्ने भनि अर्को सम्झौता गरिएको थियो।

सम्झौता अनुसार पालिकाले फिर्ता गर्न पर्ने रकम फिर्ता नभएपछि अधिकारीको फार्म पीडित भएको थियो । अधिकारीले असार २० गते पत्रकारसम्मेलन गरी यस विषयमा जानकारी गराएका थिए भने सोही दिन आत्महत्या प्रयास पनि गरेका थिए।

नामियाका अध्यक्ष कृष्ण शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “आत्महत्याको प्रयास गर्न वाध्य बनाउने गाउँपालिकाको यस कार्यको नेपाल कृषि मेशिनरी व्यवसायी संघ घोर भत्र्सना प्रकट गर्दछौं ।”

नामियाले सम्झौता अनुरुपको रकम याथसिघ्र फिर्ता गर्न आव्हान गरेको छ । अधिकारीको जिवन रक्षाको लागि समेत आवश्यक पहल गरिदिन अनुरोध विज्ञप्तिमा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !