२० कार्तिक २०८१, मंगलबार

नारायणी नदीमा बेपत्ता २ बसका ६५ जना यात्रु खोज्न सशस्त्रको गोताखोर परिचालन

प्रकाशित मिति :  12 July, 2024 10:30 am


काठमाडौँ । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरूको खोजी सुरू भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा आज बिहान पहिरोले दुईवटा यात्रु बस बगाएर नारायणी नदीमा खसाउँदा ६५ जनाभन्दा धेरै यात्रु नारायणी नदीमा बेपत्ता भएको अनुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस !