२३ भाद्र २०८१, आइतबार

भारतमा डेंगुका बिरामी बढे

प्रकाशित मिति :  12 July, 2024 10:56 am


काठमाडौँ । भारतका विभिन्न भागमा डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्यमन्त्री जगतप्रकाश नड्डाले डेंगुको अवस्था र समग्र तयारीको समीक्षा गर्न उच्चस्तरीय बैठक बोलाएका छन् ।

नयाँ दिल्लीमा आयोजित उक्त बैठकमा प्रमुख सरकारी अस्पतालका वरिष्ठ चिकित्सक र संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो । डेंगुका बिरामी धेरैजसो वर्षातपछि देखिएका छन् । मनसुन सिजन भारतमा जुन मध्य र अगस्टको अन्त्यसम्म पुग्छ ।

यो वर्ष दक्षिणी राज्य कर्नाटकमा मात्रै ७ हजार भन्दा बढी डेंगुका घटनाहरू रिपोर्ट गरिएको छ । जसको राजधानी बेंगलुरु सबैभन्दा बढी प्रभावित भएको छ । यसबाहेक यो वर्ष मात्र दिल्लीमा लगभग २५० डेंगु मामिलाहरू रिपोर्ट गरिएको छ । नयाँ दिल्लीमा भएको बैठकमा नड्डाले अधिकारीहरूलाई मुख्य रूपमा उच्च बोझ भएका राज्यहरू र क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

संघीय स्वास्थ्य मन्त्रीले डेंगु रोकथाम र सचेतनाका लागि २४ सै घण्टा केन्द्रीय हेल्पलाइन नम्बर बनाउन पनि अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !