पार्टी कार्यालय पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै
प्रकाशित मिति : 12 July, 2024 11:16 am
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै पेरिसडाँडाबाट विशेष सम्बोधन गर्न लागेका हुन् ।
देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्न लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप प्रचण्डले केहीबेरमा संसदबाट विश्वासको मत लिन लागेका छन् ।