प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ: प्रधानमन्त्री
प्रकाशित मिति : 12 July, 2024 12:56 pm
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमाले दलले गठन गर्न लागेको सरकारलाई संविधान संशोधनमा खेलाची नगर्न अनुरोध गरेका छन् ।
विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “संविधान संशोधन नै गर्ने हो भने आउनु खुला छलफल गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ ।”