२ कार्तिक २०८१, शुक्रबार

स्याङ्जाको भीरकोटमा पहिरो पीडितलाई राहत वितरण

प्रकाशित मिति :  12 July, 2024 1:50 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ ज्यामिरेमा असार २२ गतेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाउने खेममकुमारी मल्लको परिवारलाई राहत वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा हिजाे (बिहीबार) राहत वितरण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको रु ५० हजार , सङ्घीय सरकारको १५ हजार , राहत तथा किरिया खर्च रु १५ हजार गरी ८० हजार नगद सहायक प्रजिअ पौडेलले परिवारजनलाई हस्तान्तरण गरेका हुन्।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले पनि विभिन्न अत्यावश्यक सामाग्री प्रदान गरेको छ। जिल्ला सभापति दिनेश अर्यालले रेडक्रसको तर्फबाट आवश्यक सामग्री परिवारजनलाई हस्तान्तरण गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !