ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौः प्रकाशशरण महत
प्रकाशित मिति : 12 July, 2024 7:19 pm
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरू राष्ट्रपतिसमक्ष जाने बताएका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । प्रवक्ता महतले ओली संविधानको धारा ७६ ९२० अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दाबी समेत गरे ।
सबैभन्दा ठूलो दलको सहमति रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उनको तर्क थियो । प्रवक्ता महतले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरू चयन गर्ने पनि बताए ।
प्रवक्ता महतले कांग्रेस एमालेबिचको नयाँ सत्तासमीकरण बाह्य शक्तिले गराएको भन्ने प्रचण्डको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गरे ।