कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू
प्रकाशित मिति : 13 July, 2024 3:31 pm
काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक सुरू भएको हो । बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरूको नाम टुंगो लगाउने निर्णय हुनेछ ।
साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने काँग्रेसले बताएको छ । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ । साथै नेपाली काँग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।