२३ भाद्र २०८१, आइतबार

प्रचण्डबाबुको ‘यो मायाले के गर्‍यो गर्‍यो’ सार्वजनिक

प्रकाशित मिति :  14 July, 2024 7:34 am


काठमाडौँ। ‘यो मायाले के गर्‍यो गर्‍यो’ गीत सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द÷संगीत वसन्त सापकोटाको रहेको छ ।

गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरुले धेरै रुचाउने विश्वास व्यक्त गरे।

संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको बताए। यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने जानकारी गराए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !