२० कार्तिक २०८१, मंगलबार

आइतबार गोलाघाटमा भेटियो अर्को शव, पहिचान हुन बाँकी

प्रकाशित मिति :  14 July, 2024 10:15 am


काठमाडौँ । भरतपुर–२८ गोलाघाट नजिकै एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०-३५ वर्षको पुरुषको शव भेटिएको हो ।

उक्त शव शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्यका एक व्यक्तिको हुन सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको छ ।

शनिवार गोलाघाटमा भारतीय नागरिक ऋषि पाल साह र गैंडाकोटको थुम्सी नजिकै माडी–१ का २२ वर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको शव भेटिएको थियो । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु थिए ।



प्रतिक्रिया दिनुहोस !