२३ भाद्र २०८१, आइतबार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीमा चल्यो गोली, ट्रम्प सामान्य घाइते

प्रकाशित मिति :  14 July, 2024 10:46 am


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा गोली प्रहार भएको हो ।

शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारबाट ट्रम्प सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

गोली लागेपछि ट्रम्प भुइँमा बसेका ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगएको थियो । उनको कानमा गोली लागेको बताइएको छ ।

घटनास्थलमा २ जनाको शव भेटिएको छ । उक्त शव एक जना आक्रमणकारी र एक जना दर्शकको हुनसक्ने अनुमान गरिरएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !