२ कार्तिक २०८१, शुक्रबार

आगामी फागुन १५ गते त्रिविमा स्ववियु निर्वाचन हुने

प्रकाशित मिति :  14 July, 2024 12:00 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो ।

शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ । हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन । यो पटक भने त्रिविले आफ्नो शैक्षिक क्यालेन्डरमा नै निर्वाचनको मिति समेत राखेको छ ।



प्रतिक्रिया दिनुहोस !