ट्रम्पमाथि गोली प्रहारपछि बाइडेने भने: यस्तो हिंसाको लागि कुनै ठाउँ छैन
प्रकाशित मिति : 14 July, 2024 12:03 pm
काठमाडाैँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् ।
बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित काम भएको बताए । यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट रोक्ने बताए । ट्रम्पलाई पेन्सिलभेनियाको बटलरमा भएको ¥यालीमा कानमा गोली लागेको बताइएको छ ।
भिडियो फुटेजमा ट्रम्पले भाषण गरिरहँदा र्यालीमा पपिङको आवाज आएको सुनिएको थियो । भीडमा चिच्याएको सुन्न सकिन्थ्यो । ट्रम्पलाई गुप्त सेवा एजेन्टहरूले तुरुन्तै स्टेजबाट बाहिर निकालेका थिए । एकजना र्याली सहभागी र संदिग्ध बन्दुकधारीको मृत्यु भएको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।