७ पुस २०८१, आइतबार

सिमलताल पहिरोः तीन वटै सुरक्षा निकायबाट उच्चतम प्रविधिको प्रयोग, बेपत्ताहरूको खोजि तीब्र

प्रकाशित मिति :  14 July, 2024 4:17 pm


काठमाडाैँ । सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ—मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजि कार्य तीव्र पारेको जनाएको छ ।

शुक्रवार बिहान चितवनको नारायणगढ- मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरो जाँदा त्रिशुली नदीमा बेपत्ता यात्रुसहित दुई वटा बस बेपत्ता भएका थिए । जसमा जसमा ६० भन्दा बढी यात्रुहरू रहेको बताइएको छ । यद्यपि यकिन हुन अझै सकेको छैन । बसमा टिकट काटेर आउने बाहेकका यात्रुहरू पनि रहेको हुनसक्ने अनुमान छ ।

शुक्रवार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य जारी राखेपनि आशातित परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरू रुष्ट छन् । सरकारले बेपत्ता नागरिकहरूको खोजि कार्यमा तदारुकता नदेखाएको गुनासो आम नागरिकको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले त्रिशुली नदी यहाँबाट बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताए ।

उनले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरूको खोजि कार्य प्रभावित बनिरहेको बताए । उनले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातित परिणाम दिन नसकेको बताए । ४\५ वटा शवहरू करिव ५५\६० किलोमिटरको फरकमा फेला परेको र बसको अझै पत्ता नलागेको बताए । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीन वटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताए ।

लेदो कम हुने र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने बताए । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस तीन वटै उपायको प्रयोग गरेर बपत्ताको खोजी भइरहेको बताए ।
उनका अनुसार सशस्त्र प्रहरी बलसँग अहिले ११० जना गोताखोर रहेका छन् । सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ हालको जनशक्तिमध्ये करिव २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको बताए । अन्य १७ हजार ७२० जनशक्ति प्रत्यक्ष रूपमा परिचालित भएका पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !