१५ पुस २०८१, सोमबार

फेरी सर्‍यो प्रतिनिधि सभाको बैठक

प्रकाशित मिति :  14 July, 2024 4:21 pm


काठमाडौँ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सरेको छ । पूर्वनिर्धारित बैठक अपराह्न ४ बजेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

“असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ”, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !