२३ भाद्र २०८१, आइतबार

स्याङ्जामा पानीको दहमा डुबी दुई जनाको मृत्यु

प्रकाशित मिति :  14 July, 2024 6:12 pm


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा पानीका दहमा डुबी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर ४ बस्ने नरेन्द्र बहादुर थापाको छोरीहरू १४ वर्षीय लक्ष्मी थापा र निजकी बहिनी १२ वर्षीय सुस्मिता थापा रहेकी जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए।

उनकाअनुसार दिदिबहिनी आइतबार दिउँसो दहमा मृत अवस्थामा फेला परेका हुन् । मृतकहरू घरदेखि ५ सय मिटर टाढा रहेको पानी पधेरोमा नुहान र कपडा धुनका लागि गएका परिवारबाट खुल्न आएको छ । प्रहरी घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !