४ माघ २०८१, शुक्रबार

कांग्रेसमा देउवा पक्षबाट ६ जना मन्त्रीको नाम टुंगो लाग्यो

प्रकाशित मिति :  15 July, 2024 9:54 am


काठमाडौँ । नेपाली कांग्रेसले ६ जना मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा नेताहरूसँगको छलफलपछि आफ्नो पक्षबाट मन्त्री बन्ने ६ जनाको नाम टुंगो लगाएका हुन्।

कांग्रेसको भागमा परेका ९ मध्ये ६ जना मन्त्री आफ्नो पक्षबाट पठाउने देउवाको तयारी छ। जस अनुसार, प्रकाशमान सिंह, आरजु देउवा, रमेश लेखक, एन बहादुर शाही, अजय चौरसिया र दीपक खड्का मन्त्री बन्ने भएका छन्।

त्यस्तै शेखर–गगन समूहबाट प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सिफारिस भएको छ। यीमध्ये कसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर–गगन समूहको छलफल भइरहेको छ ।

शेखर–गगन समूहले ४ कम्तीमा ४ वटा मन्त्रालय पाउनुपर्ने माग राखेको थियो। तर सभापति देउवा भने ३ वटा भन्दाबढी मन्त्री नदिने अडान लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !