जसपाबाट प्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बन्ने
प्रकाशित मिति : 15 July, 2024 10:45 am
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाउने निर्यण गरेको छ ।
जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
प्रदीप यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नवलकिशोर साह सुडीलाई दिइएको छ ।