२३ भाद्र २०८१, आइतबार

आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छः कृषिमन्त्री अधिकारी

प्रकाशित मिति :  15 July, 2024 5:06 pm


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरूको समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

सोमवार पद तथा गोपनियताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने बताए । पदभार ग्रहण गनै पुगेपनि पदभार ग्रहण नगरी फर्किए ।

“अहिले क्याबिनेट बस्दैछ । तपाईंहरूका समस्याहरू मैले सुनेँ । तर यसलाई राम्रो ढंगबाट अध्ययन गरेर निर्णय लिनेछु । पहिलो प्राथमिकतामा राखेर यो म अध्ययन गर्नेछु । केही समय दिनुस्, समस्याको समाधान गर्न म तयार छु । समय दिनुस्, साथमा म रहनेछु,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !