२३ भाद्र २०८१, आइतबार

सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्छु: मन्त्री दाहाल

प्रकाशित मिति :  15 July, 2024 5:10 pm


काठमाडाैँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताएका छन् ।

देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताए । उनले सडकसम्बन्धि नीतिलाई क्रमशः प्राथमिकताको आधार अघि बढाउने पनि बताए ।

उनले भने,”समस्याहरू धेरै छन् । सडक दुर्घटनाका कुराहरू हामीले दिनानुदिन भोगी रहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनिकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढंगले गर्नसक्छौ रु तपाईहरूसँग छलफल गरेर समाधान गर्छौं । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौं । नीति निर्माण चाहीँ महत्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन।”

मन्त्री दाहालले पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय यातायात नीति मन्त्रीपरिषद् बैठकले पेश गर्ने निर्णय गरे ।



प्रतिक्रिया दिनुहोस !