२३ भाद्र २०८१, आइतबार

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ: मन्त्री राणा

प्रकाशित मिति :  15 July, 2024 5:30 pm


काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् । सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएकी हुन् । उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठुलो जिम्मेवारी भएको भन्दै यसलाई सही रूपमा सदुपयोग गर्दै लैजाने बताइन् ।

उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताइन् । देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य रहेको बताउँदै राणाले दौत्य सम्बन्ध कायम रहेका देशहरूको सम्बन्धलाई अझै प्रभावकारी बनाउने बताइन् । उनले विदेशमा गएका नेपालीहरूलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाइन् ।

“यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्टित राष्ट्र हो । हामी एकदम ठुलो देशहरूको बीचमा छौँ । हाम्रो पूर्वजहरूले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिँढीका लागि कायम राख्नुपर्छ,”उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !