६ पुस २०८१, शनिबार

ओली नेतृत्वको सरकारलाई हामी गुण र दोषको आधारमा समर्थन र बिरोध गर्छौंः धवलसमशेर जबरा

प्रकाशित मिति :  15 July, 2024 6:15 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांमद धवलसमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद थापाले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराए ।

उनले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे । उनले सहकारीलगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !