२३ भाद्र २०८१, आइतबार

स्याङ्जाको भीरकोटमा आजदेखि प्लास्टिक झोला बोक्न नपाइने

प्रकाशित मिति :  16 July, 2024 2:08 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा आजदेखि प्लास्टिक झोला बोक्न नपाइने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरू गरेको हो ।

आजबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य झोला बोक्न बनाउने र प्लास्टिकजन्य पदार्थबाट प्याकिङ भएका सामग्रीलाई पनि कपडाको झोलामा बोक्नु पर्नेछ ।

नगरपालिकाले प्लास्टिकजन्य फोहरमैला न्यूनीकरण गर्न १३ हजार थान कपडाको झोला निःशुल्क वितरण गर्ने तयारी गरेको पालिकाकी उपप्रमुख भगवती रेग्मी अर्यालले बताइन् । उनले नगरपालिकामा रहेका सबै घरधुरीमा दुई–दुई वटाका दरले नगरपालिकाको लोगोसहित झोला वितरण गरिने बताइन् ।

कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै पालिकाले २० जना महिला उद्यमीलाई एक हप्ते झोला सिलाउने तालिम दिएको थियो ।

सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त भीरकोट कार्यक्रम सञ्चालन गर्न पालिकाले ३५ लाख ७६ हजार र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !