शहरी विकासमन्त्री सिंह र भारतीय राजदुत श्रीवास्तवबिच भेटवार्ता
काठमाडाैँ ।उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबिच भेटवार्ता भएको छ ।
मन्त्री सिंहलाई भेट्न भारतीय राजदुत श्रीवास्तव मङ्गलवार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा पुगेका थिए । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूका बिचमा नेपालको शहरी विकासको क्षेत्रमा भारतीय सरकारले गर्नसक्ने सहयोगको सम्बन्धमा कुराकानी भएको छ ।
भेटवार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतको अनुदान सहयोगमा निर्माण भइरहेका नेपालका पुरातात्विक सम्पदाहरूकाे बारेमा समिक्षा भएको जानकारी दिए ।
भेटमा राजदुतले भारतको सहयोगमा विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको र त्यसमा नेपालले आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएको भन्दै सन्न्तोष व्यक्त गरेकाे उनले बताए। त्यस्तै राजदुत श्रीवास्तवले भारतीय राजदुताबासबाट २० करोड रुपैयाँसम्मको लागतमा पूर्वाधार निर्माणको काम गर्न तयार रहेको कुरा राखेकाे पनि उनले जानकारी दिए ।