६ माघ २०८१, आइतबार

महिला संघको भवन शिलान्यास गर्दै देउवाले भने: योजनाहरू शिलान्यास गरेर मात्रै छोड्नु हुँदैन

प्रकाशित मिति :  17 July, 2024 1:35 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताएका छन् ।

बुधवार काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताए । उनले स्व.मंगलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताए ।

उनले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने बताए ।

सभापति देउवाले मंगलादेवी सिंहको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मंगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।



प्रतिक्रिया दिनुहोस !