२३ भाद्र २०८१, आइतबार

नेपाल प्रतिभाहरू भएको देश होः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  17 July, 2024 5:58 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरू भएको देश भएको बताएका छन् ।

छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडाैँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। भारतीय चर्चित रियालिटी शो इण्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यबादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गरे ।

त्यस अवसरमा उनले नेपालमा विभिन्न विधाको प्रतिभाहरू रहेको ठाउँ भएको र उनीहरूलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंशा पनि गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गरेका थिए । त्यसैगरी उनले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गरेका थिए । प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशी जनही एक लाख रहेको छ ।



प्रतिक्रिया दिनुहोस !