४ माघ २०८१, शुक्रबार

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ नै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  18 July, 2024 6:38 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

बिहीवार बिहानीपख देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आगामी २४ घण्टामा कोशी, मधेश, बाग्मती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !