४ माघ २०८१, शुक्रबार

देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  18 July, 2024 2:35 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए ।

उनले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए ।

उनले भने, “देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ ।”

उनले इन्जिनियरहरूले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए । इन्जिनियरहरूको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !