४ माघ २०८१, शुक्रबार

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँः उपप्रधानमन्त्री पौडेल

प्रकाशित मिति :  18 July, 2024 2:35 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले आफूहरू सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे । उनले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताए । उनले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए ।

उनले मुख्य दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउन नहुने तर्कका बिचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताए ।

उनले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !