६ पुस २०८१, शनिबार

चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन

प्रकाशित मिति :  18 July, 2024 2:42 pm


काठमाडाैँ । चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर,क्याप्सुल तथा ट्याप्लेटहरू जस्ता नशालु पदार्थहरूले मानव स्वास्थ्यमा गम्भिर असर पारेको र विभिन्न रोगबाट पीडित भएकाले नशालु पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।

उनले नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने पनि बताए ।

उनले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धि कच्चा पदार्थहरूको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !