६ पुस २०८१, शनिबार

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदुत सङबिच शिष्टाचार भेट

प्रकाशित मिति :  18 July, 2024 3:37 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदुत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबिच भेटवर्ता भएको हो । भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन् । नेपाल र चीन बिचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ ।

चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदुतले बताए । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबिचको सम्बन्ध बिस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !