देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँः सभापति लामिछाने
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन् ।
बिहीवार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताएका हुन् । उनले गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उहाँले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताए ।
उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरू बुझ्ने बताए । उनले पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए । ,
उनले भने, “सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ । जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो । अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म भएँ । अरू साथीहरू २४ दिन जति हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन ।”
सभापति लामिछानेले शिक्षा क्षेत्रलाई राजनीतिबाट अन्त्य गर्न जरुरी रहेको बताए ।