८ मंसिर २०८१, शनिबार

शुक्रवार पाँच प्रदेशमा भारी वर्षा हुने, यस्तो रहनेछ आइतवारसम्मको मौसम

प्रकाशित मिति :  19 July, 2024 6:52 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

शुक्रवार बिहानीपख देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा देशका बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिवार र आइतवार पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिनको मौसम सम्बन्धी पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !