महिला एसिया कप आजदेखि, दिउँसाे २ः१५ बजे नेपाल र युएई खेल्दै
प्रकाशित मिति : 19 July, 2024 8:16 am
काठमाडौँ। आजदेखि एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।
नेपाल पनि एसिया कपमा तेस्रो पटक सहभागी हुदैछ । शुक्रवार समूह ‘ए’ अन्तर्गत दुई खेलमध्ये नेपाल र यूएई तथा भारत र पाकिस्तान खेल्नेछन्।
श्रीलंकाको डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे नेपाल र युएई खेल्नेछन् भने भारत र पाकिस्तान बेलुका ७ः१५ बजे खेल्नेछन्।
प्रतियोगिता आजदेखि साउन १३ गतेसम्म हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागी हुने भएका छन्।
नेपाली महिला एसिया कप टोलीको नेतृत्व इन्दु बर्माले गरेकी छिन् । नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भारतसँग खेल्नेछ।
यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।