प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने लुम्बिनीका मुख्यमन्त्री महराको तयारी
१० गतेसम्म सरकार गठन गर्ने कांग्रेस एमालेको कसरत
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिने तयारी गरेका छन् ।
साउन ६ गते बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
संघमा नेकपा एमाले र माओवादी गठबन्धन भत्केर कांग्रेस एमालेको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि देखिएको हो ।
स्रोतले भन्यो,“ उहाँ (मुख्मन्त्री महरा)ले प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ ।”
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि महरा नेतृत्वको सरकार अल्पमतमा परेको छ । साउन १९ गतेभित्र महराले विश्वासको मत लिन सक्छन् । मुख्यमन्त्री महराले भने प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री महराले राजीनामा दिए लगत्तै एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने तयारी छ ।
पहिलो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने छ । मुख्यमन्त्री महराले साउन ६ गते राजीनामा दिएपछि एमाले र कांग्रेसले १० गतेभित्र सरकार बनाउने तयारी गरेका छन् ।