७ पुस २०८१, आइतबार

सिमताल दुर्घटना : बेपत्ता भएका यात्रुको शव भारतीय भूमिमा भेटियो

प्रकाशित मिति :  19 July, 2024 1:06 pm


काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतको चम्पारण नगाहस्थित नारायणी नदीमा बिहीबार राति साढे ९ बजेको समयमा २ वटा शव फेला परेको हो।

बीओपी, त्रिवेणी, नेपाल प्रहरी र स्थानीय प्रतिनिधिहरूको टोली पुगेर एउटा शव ल्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार एउटा शव ल्याइसकिए पनि पहिचान भइसकेको छैन ।

योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ। फेला परेकामध्ये ८ पुरुष र १ महिलाको शव सनाखत हुन बाँकी छ।

२८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका(२९, सिमलतालमा पहिरो गएको थियो ।



प्रतिक्रिया दिनुहोस !