७ पुस २०८१, आइतबार

जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछः सांसद रोकाय

प्रकाशित मिति :  19 July, 2024 2:33 pm


काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताएका हुन् । उनले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गरे ।

उनले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बताए । उनले भने, “आज नेपाली जनताले जे अपेक्षा गरिरहेका छन्, यो सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र हामीले जुन करिव १० वर्षमा अभ्यास गरेको संविधान छ, यो संविधानलाई हामीले अभ्यास गर्ने क्रममा अझै यसलाई वैज्ञानिक बनाउने कुरा, संशोधन गर्ने कुरा उठेको छ । यो विषयमा पनि नेपाली जनताले एउटा खालको अपेक्षा र चासो राखेका छन् । यसमा सरकार सफल होस् ।”

सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !