७ पुस २०८१, आइतबार

सत्तारुढ गठबन्धनमा षड्यन्त्रको गन्ध छ, समाजवादी मोर्चाले प्रतिवाद गर्छः गंगा श्रेष्ठ

प्रकाशित मिति :  20 July, 2024 11:16 am


काठमाडौँ। महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेपालका सहअध्यक्ष तथा समाजवादी मोर्चा नेपालका कार्यदल सदस्य गंगानारायण श्रेष्ठले समाजवादी मोर्चाले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने बताएका छन्।

कार्यदल सदस्य श्रेष्ठले समाजवादी मोर्चाले देशमा राजनीतिक परिवर्तनबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्ने बताउँदै नयाँ सत्तारुढ गठबन्धनले देशलाई पश्चगमनमा धकेल्न लागेको आरोप लगाए।

उनले प्राप्त उपलब्धिहरुलाई छिन्ने धृष्टता गरे समाजवादी मोर्चाले त्यसको बिरुद्धमा सडक र सदनबाट सङ्घर्ष गर्ने बताए। उनले देशका समाजवादी, कम्युनिस्ट र वामपन्थी शक्तिहरुहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको भन्दै मोर्चाले त्यसको आधार तयार गर्ने बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आगामी दिनमा मोर्चामा आवद्ध दलहरु पार्टी एकताको तहसम्म पुग्नसक्ने पनि जनाए। कार्यदल सदस्य श्रेष्ठले वर्तमान सत्तारुढ गठबन्धनभित्र षड्यन्त्रका गन्धहरु देखिएको भन्दै मोर्चाले षड्यन्त्रहरुको प्रतिवाद गर्ने बताएका छन्।

श्रेष्ठनले भने, “अहिले तात्कालिक हिसाबले जसरी ठुला राजनीतिक दलहरुले गठबन्धन बनाएर प्रचण्ड सरकारको नेतृत्वलाई विस्थापन गरेर जुन आइराखेको छ, त्यसभित्र प्रशस्त षड्यन्त्रका गन्धहरु देखिन्छ त्यसको प्रतिवाद गर्छ । नेपालमा भएका वामपन्थी, कम्युनिस्ट दलहरु सँगसँगै अरु कतिपय पहिचानवादी दलहरु पनि छन् । यि सबैलाई पनि हामीले समाजवादी मोर्चामा ल्याउनको लागि जोड गर्नुपर्छ । वातावरण बनाउनुपर्छ भन्ने छ ।”

नेपाल समाजवादी पार्टी औपचारिक रुपमा समाजवादी मोर्चामा समावेश भएसँगै पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका सदस्य नरहेका व्यक्तिहरु पार्टीको नाम लिइ मोर्चामा गएको भन्दै बिरोध जनाएका छन्।

यस सम्बन्धमा प्रष्ट पार्टी सह–अध्यक्ष श्रेष्ठले नेपाल समाजवादी डा। भट्टराई र महिन्द्र राय यादव नेतृत्वको दुईवटा भइसकेको प्रष्ट पारे।

उनले पार्टीका दुई अध्यक्षमध्ये महिन्द्र राय यादवले नेतृत्व गरेको पार्टी मोर्चामा सामेल भएको उल्लेख गर्दै डा. भट्टराईले आफ्नो पार्टीका सदस्यहरुको हस्ताक्षर दुरुपयोग गरेर निर्वाचन आयोगमा अद्यावधिक गरेको बताए।

यस सम्बन्धमा आफुहरुले आयोगमा निवेदन दर्ता गरिसकेको भन्दै पार्टीको आधिकारिकता बारेमा आयोगले स्पष्ट पार्नुपर्ने श्रेष्ठकोे भनाइ छ । उनले समाजवादी मोर्चाको भावि कार्ययोजना बनाउनका लागि कार्यदलले काम गरिरहेको भन्दै तोकिएकै समयसिमाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !