६ पुस २०८१, शनिबार

काँग्रेस–एमालेबीचको लिखित सहमति कार्यान्वयन हुँदैन कि भन्ने संसयबाट मुक्त हुनुपर्छ : महामन्त्री थापा

प्रकाशित मिति :  20 July, 2024 3:24 pm


काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

महामन्त्री थापाले असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संसय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत बताएका छन्।

जय नेपाल फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुइ पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संसय रहेको जिकिर गर्नुभयो ।

काँग्रेसले सो समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउदै एमाले पनि सो विश्वास दिलाउनुपर्ने धारणा राखे।

थापाले भने, “आजको रियालिटी के हो भने नेपाली काँग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । पछिल्लो समयमा म सबैलाई सधैभरी झुक्याउन सक्छु भन्ने भ्रम पुष्पकमल दाहाल प्रचण्डले नपाल्नुभएको भए अहिले यतिखेर सरकारहरु बदलेर नयाँ सरकार बन्दैन थियो । पुष्पकमल दाहाल नेकपा माओवादीको अध्यक्षको एकदमै धरै बढी चकचकको कारणले गर्दाखेरी नै एउटा यो परिस्थिति निर्माण भयो । यो परिस्थिति आयो । यो परिस्थितिमा काँग्रेस र एमालेको बीचमा एउटा साझेदारी निर्माण भयो ।”

महामन्त्री थापाले दुई ठूला दलहरुको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमती कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुने तर्क गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !